Back to News & Events
news

2076-06-12 एसियाली डोरीतान प्रतियोगितामा भाग लिएर फर्केको टोलीलाई सम्मान

2076-06-12 एसियाली डोरीतान प्रतियोगितामा भाग लिएर फर्केको टोलीलाई सम्मान
सुनसरी जिल्ला डोरीतान संघको संयोजनाम थाइल्याण्डको आयुथयामा सम्पन्न १४ औं एसियाली डोरीतान प्रतियोगितामा भाग लिएर फर्केको टोलीलाई मोरङ जिल्ला डोरीतान संघले सम्मान गरेकाे छ । मनमाेहन स्मृति भवनमा आयोजित सम्मान तथा शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै मोरङ जिल्ला डोरीतान संघकी अध्यक्ष श्री रीता न्यौपानेले टोलीलाई ए‍सियाली वर्गमा आठौं र दक्षिण एसियाली वर्गमा दोस्रो स्थान हासिल गरेकोमा बधाई दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि संघिय गणतन्त्र नेपालका सामान्य प्रशासन मन्त्री मा‍. लालबाबु पण्डित ज्यूले टोलीका सबै सदस्यलाई खादा लगाइदिएर सम्मान गर्नु भयो । टोलीका कप्तान युवराज चौधरीले सो प्रतियोगिता आफूहरुका लागि अत्यन्तै फलदायी रहेकाे बताउदै आफूले सिकेर आएका कुराहरु अरुलाई सिकाउदै डोरीतान खेलको प्रवर्द्धन गर्ने बताउनु भयो ।
Photo Gallery
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo